बञ्चरे डाँडा जाने सडक बिग्रिएपछि काठमाण्डाैकाे फाेहर उठाउन समस्या

काठमाण्डाै – काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । उपत्यकाको फोहर फाल्ने गरिएको बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि फोहर व्यवस्थापनमा फेरि समस्या भएको हो । उपत्यकाबाट दैनिक दुईदेखि तीन सय ट्रक फोहर व्यवस्थापन गरिँदै आएकोमा अहिले सडकमा समस्या भएकाले दैनिक एक सय टनको हाराहारीमा मात्रै फोहर उठ्ने गरेको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो । आधाभन्दा कम फोहर उठेकाले फेरि उपत्यकाको चोकचोकमा फोहर थुप्रिन थालेका छन् ।   ...