काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले आउँदो आइतवारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो ।
महानरपालिकाको शिक्षा विभागको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।
विद्यार्थी सङ्ख्या धेरै भए...