काठमाडौं। विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १९ करोड पुग्न लागेको छ। २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणबाट हालसम्म १८ करोड ९६ लाख ९६ हजार ९४६ पुगेको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित क्रमशः अमेरिका, भारत, ब्राजिल, रुस, फ्रान्स, टर्की, बेलायत, अर्जेन्टिना, कोलम्बिया र इटालीमा छन्। अमेरिकामा सबैभन्दा बढी ६ लाख २४ हजार १८७ जनाले ज्यान गुमाएका छन्।