विश्वमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३० लाख नाघेको छ। वर्ल्डओमिटर्सको पछिल्ला तथ्याङ्कअनुसार आज दिउँसोसम्म विश्वमा ३० लाख १५ हजार ४५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोनासम्बन्धी कारणले सर्वाधिक मृत्यु अमेरिकामा ५ लाख ७९ हजार ९५१ जनाको भएको छ। ब्राजिलमा ३ लाख ६९ हजार २४ र भारतमा १ लाख ७५ हजार ६७३ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो

काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ । विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् । वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनाका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् । वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिका...

पछिल्लो साता विश्वमा कोरोना संक्रमण १७ प्रतिशतले वृद्धि

काठमाडौं।पछिल्लो साता विश्वमा कोरोना भाइरस संक्रमण १७ प्रतिशतले वृद्धि भएको छ।कोरोना संक्रमणबाट हुने मृत्युमा ०.४ प्रतिशतले वृद्धि अएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता विश्वमा थप ३५ लाख ९६ हजार ७४४ जनामा कोरोना पुष्टि भएको छ। योभन्दा अघिल्लो साता यो संख्या ३० लाख ७६ हजार ८२५ रहेको थियो। पछिल्लो साता कोरोनाका कारण विश्वमा ५४ हजार ८७३ जनाको मृत्यु भएको थियो।