सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ ।बाँकी सिटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने गरी गठबन्धनमा सहमति भएको छ । अब कांग्रेसमाथि ८७ सिटमा पार्टीका उम्मेदवार छनोट गर्नुपर्ने चुनौती थपिएको छ ।गठबन्धनमा कांग्रेसले पाएका ८७ सिटमध्ये पार्टीको तल्लो कमिटीबाट २७ निर्व