यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसामु जितका लागि दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको आईसीसी एकेडेमीमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको छ ।