नेकपा एमालेभित्र नौ सातादेखि चलेको आन्तरिक संघर्ष अन्ततः कार्यदल बनाएर टुंग्याउन नेताहरु सहमत भएका छन् । यो सँगै एमालेमा चर्किएको लामो समयदेखिको विवाद तत्काललाई पछि धकेलिए पनि साम्य भने भैसकेको छैन ।पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालझण्डै साढे चारघण्टा छलफल गरेर कार्यदलमार्फत विवाद सुल्झाउँदै अघि बढ्न सहमत भएका हुन् ।ओलीसँगको वार्तापछि नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा छलफल भएको र त्यसलाई सम्वादमार्फत टुंग्याउने आफूहर