काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तनको लागि मुलुकको अभिभावकीय संस्थाका रूपमा राजा राख्न प्रस्ताव गरेको छ। धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था गर्न माग गरेको हुन्। ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद्, जनताल