मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो पार्नुपर्ने मुद्दा अगाडि सारेको छ । राप्रपाले एक व्यक्तिलाई दुई कार्यकालभन्दा …