प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन : कमल थापा

२६ जेठ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् । परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै फेर्नुपर्ने बताएका हुन् । राप्रपा नेपालले बिहीबार बुटवलमा […]

सम्बन्धित सामग्री

नेपालमा प्रदेश सरकारकाे आवश्यकता छैन : कमल थापा

कास्की – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहकाे सङ्घीय संरचना आवश्यक रहेको बताउनुभएकाे छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्ताे बताउनुभएकाे हाे ।  केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँकाे भनाइ थियाे । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयाे ।  अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई ...

निर्मलनिवासको हस्तक्षेप सहन सकिनँ : कमल थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । यो व्यवस्थामा अझ बढी अधिकारसम्पन्न स्थानीय तहको संरचना निर्माण गरिनुपर्ने उनको धारणा छ । बिहीबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति संघीय संसद्बाट निर्वाचित र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए । नेपालमा...