काठमाण्डाै – मे/जुनको गर्मीले भतक्कै पोल्छ खाडीमा । त्यसैमाथि कामविहीन भएर महिनौंसम्म कोठाभित्रै बस्दाको छटपटी । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फर्किन नपाएपछिको बेचैनी । अनि त्यही बेचैनीले गर्दा दिमागभरि मडारिन्छ निराशाको बादल ।
‘अब त यहीँ मरिएला कि जस्तो छ’, उज्यालोको फेसबुक पेजमा यूएईबाट सन्तोेष सुनार लेख्नुहुन्छ, ‘करार अवधि सकियो, काम छैन, कम्पनीले कोठा छाडेर निस्क भनिसक्यो । एक महिना त जसो तसो बाँचियो अब कसरी बाँच्ने सरकार ?’
सन्तोषसँगै उहाँका अरु साथीहरु पनि यही समस्या झे...