काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोह २०७९ को अवसरमा आज क्याम्पस परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए । दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै […]