शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताए ।उनले भने, ‘केही प्रश्नपत्रहरूमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।’ देशैभर एसइई शान्त रुपमा भइरहेको उनले जानकारी दिए । उनले भने, ‘विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।&rsqu