कास्की । गण्डकी प्रदेश सरकार र मातहतका निकाय विरुद्ध ७१ वटा मुद्दा परेका छन् । मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हस्तान्तरण गर्दै प्रदेश सरकार र मातहतका निकाय विरुद्ध ७१ वटा मुद्दा दायर भएको बताए ।