गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं : गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्‍यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।स्रोतले भन्यो,' राजीनामा माथिको निर्देशन मात्र हो। उहाँहरूको व्यक्तिगत कुरा हैन।' उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।गण्डकी प्रदेश सरकारमा माओवादी क

सम्बन्धित सामग्री

दीपक मनाङेले खुमलटार पुगेर भेटे प्रचण्ड : 'राजनीतिक घटनाक्रमबारे बृहत् छलफल'

काठमाडौं: गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रचण्ड निवास खुमलटारमा भेट भएको मनाङेका सहयोगी रोहित गुरुङले जानकारी दिए। समसामयिक राजनीतिबारे कुराकानी भएको मनाङेले फेसबुकमार्फत् जानकारी दिएका  छन्।  'नेकपा माओवादी केन्द्र​का अध्यक्ष कम​रेड प्र​च​ण्डज्यूसँग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल,' फोटो पोस्ट गर्दै मनाङेका…

पहिलो पोस्ट

दीपक मनाङेले भेटे प्रचण्ड र बाबुराम

६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि […]

अनलाइनखबर

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। गण्डकी प्रदेशको प्रदेशसभा बैठक बिहान ११ बजे बस्दैछ। संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका उनले धारा १६८(६) अनुसार विश्वासको मत लिन लागेका हुन्। सोहीअनसार उनले विश्वासको मत लिन लागेका हुन्। उनलाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको समर्थन छ।

Dekhapadhi

‘माथि’बाटै रोकियो प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’

जनकपुर । माओवादी केन्द्रको अनिर्णयका कारण प्रदेश २ को सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेश संसदीय दललाई केन्द्रले हस्तक्षेप गरेको माओवादीका प्रदेश सांसदहरुको गुनासो छ ।जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा रहेको प्रदेश २ सरकारको मन्त्रिपरिषद हेरफेर गर्दा काँग्रेस र माओवादी केन्द्रलाई पनि सहभागी गराउने सहमति थियो । तर, सरकारमा काँग्रेस सहभागी भए पनि माओवादी सहभागी भएको छैन ।काँग्रेस तीनवटा मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी भएको छ । माओवादी केन्द्र दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन

Ratopati

प्रदेश–२ सरकारमा किन सहभागी भएन माओवादी केन्द्र ?

काठमाडौं। प्रदेश–२ मा जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी भएन। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए। कांग्रेसलाई ३ मन्त्रालय र माओवादीलाई २ मन्त्रालय दिएर सहभागी गराउने तयारी गरिएको थियो। तर एउटा मन्त्रालय मात्र दिने कुरा भएपछि माओवादी सरकारमा तत्कालै नजाने भएको माओवादीको तर्फबाट वार्ता टोलीका सदस्य जगत यादवले बताए।

Dekhapadhi

भागबण्डामा सहमति नजुट्दा प्रदेश २ सरकारमा माओवादी सहभागी नहुने

जनकपुरधाम : नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने जनाएको छ। वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिए।मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो। माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ।माओवादी केन्द्रका सांसद जगत याद

थाहा खबर

गण्डकी प्रदेश : सरकार गठनबारे कांग्रेसले दलहरुसँग छलफल गर्दै

काठमाडौं : गण्डकी प्रदेश सरकारको नेतृत्व लिने तयारी गरेको नेपाली कांग्रेसले सरकार गठनबारे आज पनि दलहरूसँग छलफल गर्दैछ। प्रदेशसभाको विशेष अधिवेशन भोलिका लागि आह्वान गरिएकोले कांग्रेसले त्यसअघि नयाँ सरकारको प्रारुप तयार गर्न विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको छ। कांग्रेसले हिजो प्रदेश संसदीय दलको बैठक र सत्ता साझेदार

थाहा खबर

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री गुरुङको पद सुरक्षित !

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु ‘अनैतिक’ बताउदै बाहिरिएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी दुई मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको ...

Lokaantar

सरकारले माओवादी मन्त्रीलाई जिम्मेवारीबाट हटायो

शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

Nagarik