काठमाडौँ। गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। गृहका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिइएका हुन्।