५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताउनुभयो । पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हु...

सम्बन्धित सामग्री

३० वैशाखमा मतदान केन्द्र नजिकै खोप केन्द्र सञ्चालन हुँदैन : स्वास्थ्य मन्त्रालय

सरकारले स्थानीय तह निर्वाचन मतदान केन्द्रसँगै कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक खोप दिइने पूर्व घोषित सूचनालाई सच्याएको हो ।यसअघि स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते १८ बर्ष माथिका नागरिकलाई पूर्ण खोप, खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गरिने जानकारी दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्धारा विज्ञप्तिमा ‘निर्व

मतदानको दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ । निर्व

लोक तथा दोहोरी प्रतिष्ठानको पहलमा कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले कोभिड-१९ विरुद्धको खोप सञ्चालन गरेको छ। आज सोमवारदेखि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा कलाकारहरुले पहिलो चरणको खोप लगाएका छन्। कोरोनाविरुद्धको खोप लगाउन लोक दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। गायक खुमन अधिकारी, शिव हमाल, राजु ढकाल, देवी घर्ती लगायतका कलाकारहरुले…

कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ। आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कलाकारहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइएको हो। कोरोना विरुद्धको खोप लगाउन फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। अभिनेता पल शाहले पनि कोभिडविरुद्धको खोप लगाएका छन्। उनका साथमा अभिनेता पुष्प…

बैतडीमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

बैतडी : बैतडीमा आगामी आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। अभियान साउन २१ गतेसम्म सञ्चालन हुने  कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन्। ठूलो वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने भट्टले बताए। अभियानमा ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ। यस्तै‚ शिक्षक, कर्मचारी, सवारी चालक र सहचालकहरुलाई खोप लगाइने भएको हो।खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नग

काठमाडौंको कुन-कुन ठाउँमा लगाइँदैछ जोन्सन एण्ड जोन्सनको खोप ?

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आजबाट लगाइँदै छ ।  काठमाडौं महानगरपालिकाले २८ वटा खोप केन्द्र तोकेको छ ।  महानगरपालिकाका अनुसार कोरोनाविरुद्धको खोप नलगाएका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरू, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, शरणार्थीहरू, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई खोप दिइने छ ।  यी हुन् काठमाडौं महानगरले तोकेका खोप केन्द्र

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । ‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय […]

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार […]

घुम्ती टोलीमार्फत कागेश्वरीमा कोरोना खोप लगाईने

काठमाडौं। कागेश्वरी नगरपालिकामा घुम्ती टोलीमार्फत कोरोनाविरुद्धको खोप लगाईने भएको छ। नगरपालिकाले चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो। खोप लागाउन नगरपालिकाले पाँचवटा खोप केन्द्र तय गरेको थियो। तर, संक्रमणदर बढेसँगै नगरपालिकामा खोप केन्द्र अपुग भएपछि घुम्ती टोलीमार्फत खोप लगाइने भएको नगर प्रमुख कृष्णहरी थापाले जानकारी गराए।

भोटखोला र मकालुका १० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै

संखुवासभा : तिब्बतसँग सीमा जोडिएका संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। यस क्षेत्रका १० हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए।उत्तरी क्षेत्रको दुर्गम भोटखोलामा पहिलो चरणमा असार १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। १८ वर्षभन्दा माथिका नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरे। भोटखोलाको १९ स्थानमा खोप केन्द्र तोकिएको छ।