कोरोनाले थिलथिलो पारेको नेपाली अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको थियो । दुईतिहाइको सरकारको नेतृत्वले कुनै पनि आर्थिक नीतिमार्फत पीडामा परेको उद्योग, व्यवसायलाई सम्बोधन नगरे तापनि मौद्रिक नीतिले सम्बोधन गरेका कारण उद्योग–व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालन हुने तरखरमा थिए । नयाँ बनेको सरकार तथा यसका अर्थमन्त्रीलाई एउटा अवसर थियो, अर्थतन्त्रलाई झन् चलायमान बनाएर आर्थिक वृद्धि बढाउने अनि […]