काठमाडौं : म्याद गुज्रने मितिसम्म लगाउन नसक्दा नेपालमा करिब डेढ लाख मात्रा कोरोनाविरुद्धको कोभिसिल्ड खोप खेर गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र र प्रदेशमा गरी करिब डेढ लाख जति कोभिसिल्ड खोप खेर गएको हुनसक्ने बताए।उनका अनुसार धेरै खोप प्रदेश र जिल्ला सहित स्थानीय तहमा रहेको हुँदा ठ्याक्कै कति खोप खेर गयो भन्न नसकिए पनि करिब डेढ लाख मात्रा जति खोप खेर