भारतमा कोरोनाकाे तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

काठमाण्डाै - भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ । नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति  र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेषगरी बालबालिकालाई समेट्ने उहाँले बताउनु भएको छ । भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू ...

सम्बन्धित सामग्री

अष्ट्रेलिया सरकारद्वारा १० अर्बको जीविकोपार्जन राहत प्याकेज घोषणा

एजेन्सी । अष्ट्रेलिया सरकारले १० अर्ब डलर बराबरको जिविकोपार्जन राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजको मध्य वामपन्थी सरकारले मूल्य वृद्धिको मारमा परेका परिवार र व्यवसायका लागि भन्दै १० अर्ब अमेरिकी डलर बराबरको प्याकेज घोषणा गरेको हो । ३० वर्ष यताकै उच्च मूल्य वृद्धिको सामना गरिरहेको अष्ट्रेलियामा सरकारले संघीय बजेट सार्वजनिक गर्नु एकदिन […]

युक्रेनलाई ७२५ मिलियन डलरको सैन्य सहायता प्याकेज दिने अमेरिकाको घोषणा

२९ असोज, काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ७२५ मिलियन डलर बराबरको हतियार र सैन्य सहायताको प्याकेज पठाउने घोषणा गरेको छ । युरोपेली देशहरूले युक्रेनलाई सहायता बढाएपछि रुसले प्रतिक्रिया स्वरूप युक्रेनको राजधानी किभमा मिसाइल हमला गरेपछि प्रतिक्रियामा अमेरिकाले सैन्य सहायता बढाउन लागेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार एक विज्ञप्तिमा युक्रेनका नागरिकमाथि […]

बाढी पीडितले सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेनन्

झन्डै चार महिनाअघि बेमौसमी वर्षासँगै आएको बाढीका कारण क्षति भोगेका सुनसरीका किसानले अझैसम्म पनि सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेका छैनन्। किसान राहतको प्रतिक्षामा छन्।...

विश्व बैङ्कद्वारा गरिब मुलुकका लागि ९३ अर्ब डलरको राहत प्याकेज घोषणा

काठमाडौँ । गरिब मुलुकहरूको आर्थिक पुनरुत्थानका लागि विश्व बैङ्कले ९३ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । कोभिड १९ महामारीपछि धराशायी भएको अर्थतन्त्रलाई समावेशी ढङ्गले सहयोग पुर्‍याउन यस्तो प्याकेज घोषणा गरिएको विश्व बैङ्कले जनाएको छ । जापानले भर्चुअल माध्यमबाट आयोजना गरेको एक कार्यक्रममार्फत विश्व बैङ्कले बुधबार यो राहत कार्यक्रम घोषणा गरेको हो […]

वर्षा प्रभावित कृषकका लागि राहत प्याकेज घोषणा

काठमाडौँ– सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशत, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो […]

बाढी पीडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मंगलबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भित्र्याउन बेलाको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई स

औंसी र तीज लक्षित नर्भिकको हेल्थ प्याकेज सार्वजनिक

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको अस्पतालले जनाएको छ । तीज प्याकेज अन्तर्गत एउटा बेसिक, ब्रेस्टको यूएसजी सहितको प्याकेज र मेमोग्रामसहितको प्याकेज रहेको अस्पतालले जनाएको छ । बेसिक प्याकेजमा विशेष […]

निजी क्षेत्रको लागि विशेष राहत प्याकेज ल्याउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका लागि सरकारले विशेष राहत र पुनःस्थापनाको प्याकेज ल्याउने बताएका छन् ।   नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले राहत र पुनरुत्थान प्याकेज तयार पार्नका लागि सरकारले गृहकार्य शुरू गरिसकेको बताए । नयाँ राहत प्याकेज ल्याउन विषयमा मन्त्रिपरिषदमा छलफल भइसकेको छ । प्रधानमन्त्रीले पनि राहत प्याकेज ल्याउनका लागि तयारी गर्नुहोस भन्नुभएको छ । हामी त्यसमा जुटेका छौं,’ शर्माले भने । परिसंघले शुरु गरेको मेक इन नेपाल–स्वदेशी अभियानले निर्यात प्...