काठमाडौं : अमेरिकाले युक्रेनका लागि फेरि सहायता प्याकेज घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले सैन्य तथा नागरिक सहायतासहित एक बिलियन डलरको प्याकेज घोषणा गरेका हुन्। यसमा ६ सय ६५ मिलियन डलर बराबरको सैन्य सहायता छ। हाल उनी किभ भ्रमणमा छन्।दुई वर्षअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अमेरिकाले ४६औँ पटक राहत प्याकेज घोषणा गरेको हो। अमेरिकाले पछिल्लो पटक घोषणा गरेको सैन्य सहायतामा वायु रक्षा प्रणाली, मिसाइल तथा सैन्य ट्यांकलगायत समावेश रहेको जनाइएको छ।&nbs