पोखरा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन्। उनले भने, ‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो। पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन्।’उनले संघीयता, धर्म निरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवा