एजेन्सी । भारतमा कोरोना संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दो छ । अभाव र त्रासको यस घडीमा धेरै व्यक्तिहरु मानविय सेवामा दिनरात तल्लीन छन् । तर, केही त्यस्ता घटना पनि छन्, जहाँ मानवता हराएको छ । महाराष्ट्रको पिन्परी चिन्चवाडमा यस्तै दुःखद् घटना देखियो ।यहाँ एक महिलाको मृत्युपछि उनकी एक वर्षकी छोरी भोक–प्यासले केही दिनसम्म छट्पट्टाइरहेकी थिइन् । छिमेकीहरूले यी बालिकालाई उद्धार गर्नु त टाढाको कुरा छुन पनि चाहेनन् । अन्त्यमा, शुक्रबार दुई जना महिला प्रहरीले ढोका फोड