नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् । मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् ।उनले कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमालेसहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए । उनले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर ज