नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष !

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालीहरूको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको हो । विभागको तथ्याङ्कअनुसार शून्य तीन प्रतिशत नेपालीको विवाह १० वर्षभन्दा पनि कम समयमा हुने गरेको छ । यस्तै सात प्रतिशतले १० देखि १४ वर्षको उमेरमा, २२ दशमलव तीन प्रतिशतले १५ देखि १७ वर्षको उमेर र ३४ दशमलव चार प्रतिशतले १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने पाइएको छ ।

सम्बन्धित सामग्री

अफ्रिकामा झण्डै १० करोड बालबालिका तथा युवा विद्यालय विमुख

अफ्रिकामा ६ देखि १९ वर्ष उमेर समूहका करिब १० करोड बालबालिका तथा युवाहरु विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको  शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू)का...

१५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती !

८ असार, काठमाडौं। नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् । यो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । किशोरी गर्भवती हुने […]

किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालियो

सिमकोट – विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ। उक्त उमेर समूहका किशोरीलाई भविष्यमा आउन सक्ने गर्भसम्बन्धी समस्या समाधानका लागि ती औषधि खुवाउन थालिएको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउने […]

नेपालीको विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाडौं : नेपालमा विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको देखाएको हो।राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४%) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको छ।दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २.३ प्रतिशत छन्। १० वर्षमुनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् ।यसै गरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत छन् भने प

कर्णालीमा २१ प्रतिशत असुरक्षित गर्भपतन

कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।...

कर्णालीमा कम उमेरमा गर्भवती हुने संख्या बढ्दो

कर्णालीमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरु कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ ।  सुरक्षित गर्भपतन...

१९ वर्ष २ महिना जेल बसेर छुटे चाल्र्स शोभराज

काठमाडौं। सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन्। कानुनले दिएको छुट उपयोग गर्दै रिहा भएका ७७ वर्षीय शोभराजलाई केन्द्रीय कारागारले थुनामुक्त गरेर अध्यागमन विभाग पु¥याइएको हो। अब विभागले उनलाई नेपाल फर्कन नमिल्नेगरी फ्रान्समा डिपोर्ट गर्नेछ। बुधबार सर्वोच्च अदालतले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

१० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

पर्वत । फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका […]

उमेर नपुगेपछि छुट्याइयो प्रकाश र मालतीलाई

धनगढी : प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका कैलालीका प्रकाश विश्वकर्मा र मालती रावलको जोडी अलग भएका छन्।भजनी नगरपालिका–४ झलझलियाका प्रकाश र मालतीको उमेर नमिलेको भन्दै उनीहरूलाई अलग्याइएको हो। विवाह गर्न २० वर्ष उमेर हुनुपर्ने कानुनी व्यवस्था छ।तर, मालती १८ वर्षीया र प्रकाश १९ वर्ष मात्र भएका कारण उनीहरू तत्कालका लागि अलग्गिएका हुन्। प्रहरीले दुवैलाई आआफ्नो परिवारको जिम्मा लगाएको छ। योसँगै तत्काललाई को यात्रामा ब्रेक लागेको छ।उनीहरूले अन्तरजातीय विवाह गरेकोले ज्यान

एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । यसअघि सोमबार ९८ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो […]