काठमाडौँ । नेपालमा चार महिना यता पहिलो पटक कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनका साथै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ ।सङ्क्रमण दर प्रत्येक दिन बढ्दै गए पनि मन्त्रालयले चौथो लहर भनेर घोषणा गरेको छैन । यद्यपि जनस्वास्थ्यविद्हरू कोरोना महामारीको चौथो लहर सुरु भएको बताउँछन् । पछिल्लो समय सङ्क्रमण बढ्दै जानु र सक्रिय सङ्क्रमितको सङ्ख्या पन