काठमाडौं : सरकारले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका सबैभन्दा बढी जोखिममा रहने भन्दै विशेष तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। ‘पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ', स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित