काठमाडौं : फागुन दोस्रो साताबाट ओरालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ। ओमिक्रोन भेरिएन्टको संक्रमणले गत पुस दोस्रो साता शुरु भएको तेस्रो लहर फागुन दोस्रो सातादेखि ओरालो लागेको भए पनि अहिले फेरि ओमिक्रोनकै अर्को भेरिएन्टको संक्रमण बढ्न थालेको हो।कोरोना संक्रमण पुनः बढेको समयमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ संक्रमण नेपालमा देखिइसकेकाले अब चौथौ लहरको संकेत देखिएको चर्चा जनस्वास्थ्य वृत्तमा हुन थालेको छ।संक्रमितको सं