नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउने सहमति
११ असार, काठमाडौं । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।
नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको …
नेपाल र चीनले दुई मुलुकबीच परराष्ट्र मन्त्रीस्तरीय नयाँ संयुक्त आयोग आवश्यक रहेकामा जोड दिएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा परराष्ट्रमन्त्री तहकै नयाँ संयन्त्र आवश्यक रहेको दुवै पक्षले औंल्याएका हुन् ।
७ चैत, काठमाडौं । नेपालको हवाई सुरक्षाका विषयमा युरोपेली संघ (ईयू) र नेपालको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र ईयूको संयुक्त आयोग (जेसी) को १५ औँ बैठकले दुवै पक्षका प्राविधिक टोलीले नेपालको हवाई सुरक्षाको संयुक्त अनुगमन गर्न सहमत भएका हुन् । ‘ईयू र नेपालले आफ्नो द्विपक्षीय सम्बन्धमा हवाई […]
नेपाल र भारतबीचको संयुक्त आयोगको छैटौं बैठक २०७७ पुस–माघमा भारतमा बसेको थियो । आर्थिक, व्यापार, आवागमन, औद्योगिक, जल संसाधनलगायतका विविध क्षेत्रमा पारस्परिक लाभका लागि नेपाल र भारतबीच सहमति एवम् सहयोग बढाउने र सुदृढ गर्ने उद्देश्यले सन् १९८७ मा परराष्ट्रस्तरीय द्विपक्षीय संयुक्त आयोग गठन भएको थियो । गठनको चार वर्ष सक्रिय रहेको यस आयोगको सन् १९९१ […]
नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुक्रबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरको अध्यक्षतामा हैदराबाद हाउसमा बसेको संयुक्त आयोगको बैठकमा दुई देशबीच बहुपक्षीय सहयोगका सबै क्षेत्रमा बृहत छलफल र समीक्षा गरियो।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार दिल्ली आइपुगेका छन् । भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा भएको मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा मात्र नभएर भारतमा समेत विशेष महत्त्वका साथ हेरिएको छ ।
नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठकका लागि नेपालले यसै वर्ष लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्सा र कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर एक दर्जन एजेन्डा तयार पारेको छ ।
परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ १ र २ गते नयाँदिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकको एजेन्डा (विषयवस्तु) हरू तयार गरिएको हो । मन्त्रालय स्रोतबाट कान्तिपुरलाई प्राप्त सूचनाअनुसार द्विपक्षीय वार्ताका लागि करिब एक दर्जन विषय छनोट गरिएका ...