नेपाल र चीनले दुई मुलुकबीच परराष्ट्र मन्त्रीस्तरीय नयाँ संयुक्त आयोग आवश्यक रहेकामा जोड दिएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा परराष्ट्रमन्त्री तहकै नयाँ संयन्त्र आवश्यक रहेको दुवै पक्षले औंल्याएका हुन् ।