नेपाल र चीनले दुई मुलुकबीचको परराष्ट्रमन्त्री तहको नयाँ संयुक्त आयोग संयन्त्र आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न भएको नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा परराष्ट्रमन्त्री तहकै नयाँ संयन्त्र आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका हुन् ।