जैमिनीमा बाढी-पहिरोको बितण्डा (फोटोसहित)

बागलुङ : दुई दिन यता निरन्तर भैरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ। आइतवार मात्रै दुई जनाको ज्यान लिने गरी वडा नं. १ र ५ मा आएको पहिरोमा परी ८ जना घाइते भए भने ४ घर विस्थापित भए। सोमबार बिहानै आएको पहिरोका कारण वडा नं. १ टुनिबोटमा एक जना बेपत्ता भए...

सम्बन्धित सामग्री

ओलीले संसदमा बितण्डा मच्चाए, अर्ली इलेक्सनमै जाऔँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा बितण्डा मच्चाएको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्ता मात्रै खाने, हामीलाई हैरान पार्ने। संसदमा केपी ओलीको बितण्डा कति सहने।’ केपी ओलीले आफूहरूलाई हैरान पारेको भन्दै संसद् विघटन गरेर चुनावमा जानु उपयुक्त हुने उनले तर्क गरे। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सा

सुदूरपश्चिममा वर्षाको बितण्डा, चार जनाको मृत्यु

धनगढी– तीन दिनदेखिको अविरल वर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए । यसैगरी, कञ्चनपुरका अन्य […]

मुलपानीमा बाढीको बितण्डा

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

बझाङ- लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिरोले क्षति गरेको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । शुक्रबार राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिरोले घरमा क्षति पुगेको छ । पहिरोले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित […]

बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पुर्याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ । पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशु चौपाया जोगाउन सकिएको धामीले बताए । यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्ली

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद

मेलम्चीमा शनिबार राति फेरि बाढी

काठमाडौँ- डेढ महिनाअघि बाढीले बितण्डा मच्चाएको मेलम्ची खोलामा शनिबार राति फेरि बाढी आएको छ। असार १ गतेको बाढीले क्षतिग्रस्त मेलम्ची बजारका बासिन्दाहरु शनिबार राति नदीको जलसतह बढेपछि घर छाडेर माथिल्लो क्षेत्रमा उक्लिएका छन्। खोला आसपासमा चर्को स्वरमा खतरासूचक साइरन बजिरहेको छ। भीषण बाढीका कारण नदी असार १ गतेजस्तै भएको स्थानीयबासीले जानकारी गराएका छन्।

सिन्धुपाल्चोकमा बाढीको बितण्डा (सात फोटो)

काठमाडौं :  सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीले त्यस आसपासका घरहरुमा ठूलो क्षति पुर्‍याएकाे छ। बाढीका कारण अहिलेसम्म ७ जना बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मेलम्ची नदी किनारका बस्ती सबै बाढीले पुरेकाले कति मानिस हराएका भन्ने अझै यकिन गर्न सकिएको छैन। बिजुली आपुर्ति बन्द रहेको र संचार सम्पर्क पनि टुटेका कारण सूचना संकलनमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रबक्ता डिएसपी प्रकाश सापकोटाले बता

मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा

सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। सो बाढी पहिरोमा अन्य दर्जनौं बेपत्ता भएको बताइएपनि अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल जानकारी दिए। मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले व्यापक क्षति पु¥याएको छ। हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगाएको छ भने सडक भत्किएपछि यातायात सम्पर्क विच्छेद भएको छ।

भारतमा कोरोनाको बितण्डा : अस्पतालमा थुप्रिए शव, एकै शवबाहनमा ७–८ शव लगिँदै

भारतको गुजरात प्रदेशस्थित सुरत शहरमा कोरोना भाइरस संक्रमणको महामारीले बितण्डा मच्चाएको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको बेला अब अस्पतालमा शव थुप्रिन थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुरतका अस्पतालमा शव बोक्ने शवबाहनको समेत अभाव भएको छ । सुरतको डायमण्ड सिटीमा शव बोक्ने बाहनको कमी भएको छ । पर्याप्त शवबाहन नभएपछि एकै बाहनमा ७–८ शव बोक्न थालिएको छ । स्थानीयका अनुसार यस्तो दर्दनाक अवस्था कहिल्यै देखिएको थिएन । शवबाहक २४ घण्टै व्यस्त हुन थालेका रिपोर्टहरू...