बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पुर्याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ । पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशु चौपाया जोगाउन सकिएको धामीले बताए । यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्ली