मन्त्रीका बाबु-आमाको नाममा १ करोड, एउटै वडामा २५ करोड

पोखरा । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गरेका छन् । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड […]

सम्बन्धित सामग्री

बाराही हाइड्रोपावर १ करोड ७५ लाख नोक्सानीमा, यस्ता छन् अन्य सूचक

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड ७५ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनी रू. ४ करोड ३४ लाख नोक्सानीमा थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नोक्सानी केही घटेको छ । कम्पनीको वित्तीय खर्च केही घटेकाले नोक्सानी घटेको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. ६ करोड ५ लाख रहेकोमा गत आवमा रू. २ करोड ७६ लाखमा झरेको छ ।  त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १८ दशमलव ८७ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ३ करोड ३३ लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. २ करोड ७० लाखमा झरेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०३ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५८ दशमलव ६३ रहेको हो । कम्पनीको चुक्ता पूँजी रू. २५ करोड छ भने जगेडा कोष रू. १० करोड ३४ लाख ऋणात्मक छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

आईपीएल : सनराइजर्स हैदरावादले मयंक अग्रवाललाई ८. २५ करोड भारुमा किन्यो

आईपीएल २०२३ को खेलाडी लिलामीमा मयंक अग्रवाललाई सनराइजर्स हैदरावादले ८.२५ करोड भारुमा किनेको थियो । मयंक अग्रवालको प्रारम्भिक आधार मूल्य १ करोड भारु राखिएको थियो तर धेरै टोलीले उनलाई लिन चाहेका थिए । चेन्नई सुपर किंग्सले पनि मयङ्कलाई आफ्नो टिममा समावेश गर्न बोलाएको थियो । यसअघि सन राइजर्स हैदरावादले इङ्ल्यान्डका ह्यारी ब्रुकका लागि १३.२५ करोडको […]

सैनिक कल्याणकारी कोषमा ७६ अर्ब २५ करोड

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम ७६ अर्ब २५ करोड २३ लाख रुपैयाँ पुगेको छ । सैनिक कल्याणकारी महानिर्देशनालयले आइतबार पत्रकार सम्मेलन गरेर कल्याणकारी कोषको अवस्था र आगामी योजनाबारे जानकारी दिएको छ ।कोषको रकम सेनाले ‘क’ वर्गका बैंकहरुमा ब्याजको प्रतिस्पर्धा गराएर डिपोजिट गर्ने गरेको छ । कोषको ५ करोड २ लाख ६७ हजार रुपैयाँ जोखिममा परेको सैनिक कल्याणकारी महानिर्देशनालयका सहायकरथी विजय थापाले जानकारी दिए । युनाइटेड बिकास बैंकमा राखेको १ करोड ५७ लाख असुली उच्च जोखिममा परेको छ ।सैनिक

मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ८३ लाख नाघ्यो

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या १ करोड ८३ लाख नाघेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १ करोड ७९ लाख हाराहारी रहेको मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या असार मसान्तसम्ममा ४ लाखले बढेर कुल १ करोड ८३ लाख ७ हजार २५५ पुगेको बैंकले जनाएको हो । कारोबारको हिसाबले असार मसान्तसम्ममा मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड रुपैया बराबरको वित्तीय कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ बराबर

पेप्सी र कोकाकोलालाई पर्यावरण मुआब्जा बापत २५ करोड भारु जरिवाना

फागुन २४, नयाँदिल्ली(भारत) । भारतका दुई ठूला बहुराष्ट्रिय बोटलिंग कम्पनीलाई त्यहाँको एउटा नियामकले २५ करोड भारतीय  रुपया(भारु) जरिवाना गरेको छ । नेशनल हरित अधिकरण(एनजीटी) ले पेप्सी र कोकाकोला इन्डियालाई  उक्त रकम जरिवाना गरेको हो । एनजीटीले  ती कम्पनीका म्यानुफ्याक्चरिंग प्लान्टले अवैध तरिकाले जमीनको पानी निकालेको  भन्दै जरिवाना गरेको हो । एनजीटीले ती बहुराष्ट्रिय कम्पनीविरुद्ध अवैध तरिकाले पानी निकालेको भन्दै पर्यावरण मुआब्जा बापत जरिवाना गरेको हो । एनजीटीले कोकाकोलाको निर्माता तथा बोटलिंग कम्पनी मून वेबरेज तथा  पेप्सीको निर्माता तथा बोटलिंग कम्पनी बरुण वेबरेज लिमिटेडले लाइसेन्स शर्त उल्लंघन तथा भूमिगत पानी दोहन र भूमिगत पानी रिचार्ज गर्नका लागि कुनै पनि प्रकारको उपाय अबलम्वन नगरेको अनुसन्धानका क्रममा खुलेको बताएको छ । कोकाकोला बनाउने कम्पनी मून वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई १ करोड ८५ लाख भारु,साहिबाबादस्थित प्लान्टलाई १३ करोड २४ लाख भारु र बरुण वेबरेजको ग्रेटर नोयडास्थित प्लान्टलाई ९ करोड ७१ लाख भारु जरिवाना गरिएको छ । एनजीटीका अध्यक्ष आदर्श कुमार गोयलले ती कम्पनीलाई भूमिगत पानी रिचार्ज गर्ने उपायलाई कडा रुपमा अबलम्वन गर्न पनि निर्देशन दिएको बताए । एजेन्सीहरु

इटहरीमा २५ करोड लागतको कृषि बजार शिलान्यास

सुनसरी (अस) । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजनाअन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ । इटहरी–९ हाटखोलामा निर्माण हुने कृषि बजारको उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरे । इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्ड स्टोरसहितको कृषि वजार निर्माण हुनेछ । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न सकिने कोल्ड स्टोर रहनेछ । तरकारी र फलफूलजन्य सामग्री बिक्री कक्ष, एटीएम लाउन्ज, प्रशासनिक भवन, आवास कक्ष, दुई वटा धर्मकाँटा, १० वटा थोक बिक्री कक्ष निर्माण गरिनेछ । कृषि बजार निर्माण गर्न यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको उपमहानगर प्रमुख चौधरीले बताए । दुई वर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरबाट ५० प्रतिशत सहभागिता रहनेछ भने यो वर्ष प्रदेश सरकारले १ करोड उपलब्ध गराएको छ । कार्यक्रममा उपमहानगर प्रमुख चौधरीले जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको उनको दाबी छ ।

बैंक तथा वित्तीय संस्थामा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

फागुन १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। जसअन्तर्गत उसले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ। केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ। यसका लागि फागुन १८ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आगामी चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले बताएको छ। यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भने हुनुपर्नेछ।  त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ।

चन्द्रागिरी हिल्स १ करोड ७५ लाखभन्दा बढी नोक्सानीमा

माघ १७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनी रू. १२ करोड ३२ लाखभन्दा बढी खुद नोक्सानीमा थियो । यसवर्ष सञ्चालन आम्दानी ४०३ प्रतिशत बढेकाले कम्पनीको खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष रू. ५ करोड १५ लाखभन्दा बढी केबलकार सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ९२ लाखभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ४३ करोड ७५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड २९ लाखभन्दा बढी यो रकम ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक रकममा भने वृद्धि भएको छ ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव २९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४८ रहेको छ ।

पुस मसान्तसम्ममा नबिल इक्विटी फण्ड रू. १ करोड ९६ लाख नोक्सानीमा

माघ १४, काठमाडौं । नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डले रू. १ करोड ९६ लाख नोक्सानीमा रहेको हो । मंसिर मसान्तसम्ममा पनि फण्डले रू. २५ करोड ५६ लाख नोक्सानीमा थियो । यस आधारमा मंसिर मसान्तको तुलनामा फण्डको नोक्सानी केही घटेको देखिन्छ ।  त्यसैगरी, फण्डको एनएभी भने मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ११ दशमलव ९३ रहेकोमा पुस मसान्तसम्ममा वृद्धि भएर रू.१३ दशमलव ८२ पुगेको हो । त्यसैगरी पुस मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी रू. १ अर्ब ३३ करोड भन्दा बढी गरेको छ ।  यो लगानी मंसिर मसान्तको तुलनामा २० प्रतिशतले वृद्धि भएको हो । फण्डले मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब १० करोड गरेको थियो ।  पुस मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुकोे शेयर मूल्यमा वृद्धि भएसँगै सूचीकृत शेयरमा लगानी बढेको हो ।

पाख्रिवासमा ६ अर्ब माथिका विकासे आयोजनाका काम अगाडि बढ्दै

सान्ने स्वास्थ्य सेवाका लागि ६ करोड, नगरमा हस्पिटल स्थापना गर्न १८ करोड, नमूना विद्यालयका लागि २५ करोड, पाख्रिबास सुनवालुवा सडकका लागि ८५ करोड, बसपार्क निर्माणका लागि १ करोड, अरुण मोटेरेवल पुलका लागि २२ करोड र अधेरीघाट सडक निर्माणका लागि ५० करोड रहेको छ।...