इटहरीमा २५ करोड लागतको कृषि बजार शिलान्यास

सुनसरी (अस) । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजनाअन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ । इटहरी–९ हाटखोलामा निर्माण हुने कृषि बजारको उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरे । इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्ड स्टोरसहितको कृषि वजार निर्माण हुनेछ । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न सकिने कोल्ड स्टोर रहनेछ । तरकारी र फलफूलजन्य सामग्री बिक्री कक्ष, एटीएम लाउन्ज, प्रशासनिक भवन, आवास कक्ष, दुई वटा धर्मकाँटा, १० वटा थोक बिक्री कक्ष निर्माण गरिनेछ । कृषि बजार निर्माण गर्न यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको उपमहानगर प्रमुख चौधरीले बताए । दुई वर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरबाट ५० प्रतिशत सहभागिता रहनेछ भने यो वर्ष प्रदेश सरकारले १ करोड उपलब्ध गराएको छ । कार्यक्रममा उपमहानगर प्रमुख चौधरीले जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको उनको दाबी छ ।

सम्बन्धित सामग्री

इटहरीमा २५ करोडको लागतमा कोल्ड स्टोरसहितको कृषि बजार निर्माण हुँदै

फागुन १९, सुनसरी । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजना अन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ ।  इटहरी वडा नम्बर-९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार रू. २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि बजार निर्माण हुन लागेको हो । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर निर्माण हुन लागेको बताइएको छ ।  तरकारी र फलफूलजन्य समग्रीको विक्री कक्ष, एटिएम सहितको बैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईओटा धर्मकाँटा, १० ओटा थोक विक्री कक्ष निर्माण गरिने छ ।  यो वर्ष बजार निर्माणको लागि संघीय सरकारले रू. २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने उक्त कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ भने यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ ।  शिलान्यास कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँसकाटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । चौधरीले पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको बताए ।