ग्लोबल आइएमई लघुवित्तको २८% लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन

मंसिर १२, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार (मंसिर १३ गते) सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि (मंगलवार) मंसिर १४ गते बुक क्लोज गर्ने भएसँगै सोमवार (मंसिर १३ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्तव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभा बिहान १० बजे होटल पोखरा ग्राण्ड, पोखरा, पार्दीमा गर्ने जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम आज सोमवार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम आज सोमवार रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरेसँगै फागुन १५ गते अर्थात् आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ ।   सभा बेस्ट रिसोर्ट नेपाल प्रालि लेकसाइट पोखरामा बिहान ९ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आयोजना गरेको छ । सभा गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर १३, काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । मेगा बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार (मंसिर १४ गते) बुक क्लोज गर्ने भएसँगै आज (मंसिर १३ गते) सम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:१५ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभा बिहान १० बजे होटल पोखरा ग्राण्ड, पोखरा, पार्दीमा गर्ने जानकारी गराएको छ ।