भारतले आज १५औँ राष्ट्रपति पाउने

काठमाडौँ – भारतको १५औँ राष्ट्रपतिका लागि भएको निर्वाचन अन्तर्गत आज मतगणना हुँदैछ। मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका स‌ंसद भवन पुगिसकेका छन्। मतगणना बिहान सवा ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ राष्ट्रपति चयन गर्न गत सोमबार मतदान भएको थियो । राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय […]

सम्बन्धित सामग्री

भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएकोमा सांसदको विरोध (भिडियो)

काठमाडौं – संसद्को राज्य व्यवस्था समिति बैठकमा नेपालका परियोजनामा भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको भन्दै सांसदले विरोध गरेका छन। प्रधानमन्त्रीसमेतको उपस्थितिमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनाए । यसअघि ५ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री […]

कुलमानले भने 'महँगोमा विजुली किनेर भए पनि लोडसेडिङ हुन दिदैनौ'

नेपाल विद्युत प्राधिकारणले लोडसेडिङ नभएको र हुन पनि नदिने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले क्षणीक् समस्याको कारणले मात्र केहि दिन औद्योगिक क्षेत्रमा केहि बिजुली कटौती गरिएको भएपनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए ।उनका अनुसार भारतमा बिजुलीको मूल्य बढेको कारण नेपालले कबुल गरेको मूल्यमा बिजुली खरिद गर्न पाएको थिएन । तर आजबाट भने प्रति युनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने तयारी भईरहेकोले आजबाट कहिँ कतै पनि विजुली कटौती नहुने बताए । अहिलेको समस्या विश्वभरको भए पनि यो समस्या छोटोसमयको लागि मात्र हुने उनले बताए ।  उनले प्राधिकरणले महँगोमा खरिद गरेर भए पनि लोडसेडिङ हुन नदिने प्रतिवद्दता जनाए । उनले भने 'लोडसेडिङ भएको छैन , हुदैन र हुन पनि दिदैनौ' ।  प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ । यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए ।उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए ।भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो ।  जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित थिएँन ।  आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

विद्युत प्राधिकरणले आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने

नेपाल विद्युत प्राधिकारण आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ ।यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए । भारतले मुख्यत कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो । भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो । जसका कारण बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला उद्योगमा बिजुली नियमित थिएँन । आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

भोली नेपाल र भारत भिड्दै, दर्शकलाई पनि अनुमति दिइयो

काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]

नेपाली सामाजिक सुरक्षामा भारतको योगदान

मध्ययुगदेखि आजसम्म हाम्रो देशले भोगेको एउटा समस्या श्रम व्यवस्थापनको हो । बेलायती उपनिवेशबाट हिन्दुस्तान स्वतन्त्र हुनु पहिलेदेखि नै नेपाली श्रमिकहरू रोजगारीका लागि हिन्दुस्तान र यसको बाटो हुँदै पाकिस्तान, अफगानिस्तान र बर्मासम्म पुग्ने गर्थे । परिवेश बदलिएर आज नेपालको लागि ११० ओटा देश श्रम गन्तव्य खुला भए पनि नेपाली श्रमिकका लागि सबैभन्दा ठूलो र पहुँचयोग्य बजार भनेको भारत नै हो । फलाम बेचेर कवाडीसमेत उठाएर लैजाने भारतले औद्योगिकीकरणमा गरेको तीव्र वृद्धिका कारण त्यहाँ सहज रूपमा नोकरी पाइन्छ । कोइलाखानीदेखि करर्पोरेट हाउससम्म औसत नेपालीले पाउने प्रमुख नोकरी सेक्युरिटी गार्ड र यस्तै प्रकृतिको हुने भए पनि कामअनुसारको दाम पाइने भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ । नेपालस्थित भारतीय राजदूतावासको तथ्यांकअनुसार ८० लाख नेपाली कामको सिलसिलामा भारतमा रहेका छन् । यो संख्या नेपालको कुल जनसंख्याको २६ प्रतिशत हो । नेपाल श्रम प्रतिवेदन २०२० अनुसार भारतबाहेक अन्य देशमा ४० लाख श्रमिक मात्र रहेका छन् । अतः अर्थतन्त्रमा त्राण भरेको हिसाबले नेपाली श्रमशक्तिको लागि भारत सबैभन्दा ठूलो रोजगारदाता पनि हो । नेपालको झन्डै एक तिहाइ जनसंख्यालाई रोजगारी दिँदै आएको भारतले नेपाली श्रमिकलाई मर्यादित र सम्मानित जीवनयापन प्रदान गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका न्यून आय भएका किशोर वयका स्कूले बच्चाहरू कापीकलम र पोशाक खर्चको जोहो गर्न वर्षे बिदामा पिथौरागढदेखि काला पहाडसम्म पुग्छन् र श्रमको छात्रवृत्ति बोकेर फर्किन्छन् । अहिले विश्व महामारीका रूपमा चलेको कोरोना विपद्मा भारत सरकारले दिएको १० लाख डोज भ्याक्सिन नेपालले पाएसँगै नेपाल कोरोनाको खोप प्रदान गर्ने दोस्रो दक्षिण एशियाली देश बनेको छ । समाचारहरूमा आए जस्तो उक्त खोपको प्रभावकारिता पुष्टि भएछ भने भारतले नेपालीका लागि तयार पारेका सबै सामाजिक सुरक्षा कार्यक्रमहरू मध्ये यो नै उत्कृष्ट कार्यक्रम ठहरिनेछ । खुला बजारमा नेपाली श्रमिकलाई रोजगारी दिँदै आएको भारतमा सैन्य क्षेत्रमा समेत नेपालीले नोकरी पाउँदै आएका छन् । बेतनका हिसाबले यो सबैभन्दा जोखिमयुक्त र सुविधा सम्पन्न क्षेत्र हो । सन् १९४७ अक्टोबरमा भारत स्वतन्त्र भइसकेपछि गोर्खा सैनिकलाई भारतीय र बेलायती दुवै सेनामा गाभ्ने निर्णयमा भएको हस्ताक्षरअनुसार नेपाली नवजवान निरन्तर भारतीय गोर्खा सैनिकमा काम गर्दै आएका छन् । हाल गोर्खा राइफलअन्तर्गत सातओटा रेजिमेन्टमा झन्डै ३२ हजार गोर्खा सैनिक र आसाम राइफलमा ३ हजार गरी ३५ हजार नेपाली भारतीय सेनामा बहाल छन् भने सेवानिवृत्त गोर्खा सैनिकको संख्या १ लाख २५ हजार रहेको छ । बेलायत सरकारले एउटै सैन्य सेवामा काम गर्ने बेलायती सेना र गोर्खा सेनालाई दिने पेन्सनलगायत सामाजिक सुरक्षाका कार्यक्रममा व्यापक विभेद गरेको भनेर कयौं भूपू गोर्खा सैनिक अदालत जानुपर्‍यो । गोर्खाको आवाज नसुनिएर अभिनेत्री जोना लुम्ले आफै सडकमा आउनुपर्‍यो । तर, भारत सरकारले गोर्खा सैनिक र भारतीय सेनामा कुनै उल्लेखनीय विभेद नराख्दा पेन्सनलगायत सुविधाका लागि कुनै संघर्ष गरिरहनु परेको छैन । यसलाई गोरखा सैनिकप्रति गरिएको सम्मान ठान्नुपर्छ र समान कामका लागि समान बेतन नियमको कार्यान्वयनका रूपमा समेत बुझ्न सकिन्छ । भूपू गोर्खा सैनिकहरूलाई महीनावारि दिइने पेन्सन र वर्षेनि दिइने उपचार खर्चले उनीहरूको जीवनको उत्तराद्र्ध सहज भएको छ । भूपू सैनिकका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिले उच्च शिक्षामा पहुँच राख्न सकिएको छ । भूपू सैनिकका परिवारलाई सिकाइने जीवनोपयोगी शीप तालीमहरूले पेन्सनबाहेक अन्य आयमूलक कामहरू गर्न सजिलो भएको छ । सेवा निवृत्त कुनै सैनिकले सेकेन्ड करियर अर्थात् फेरि रोजगारी गर्छु भनेमा भारतीय राजदूतावास भित्रको रोजगार केन्द्रबाट जागीर प्रदान गर्ने सुविधाले तुलनात्मक रूपमा भारतको सामाजिक सुरक्षा अब्बल छ भन्ने बुझिन्छ । विपत्मा राहत, अनुदान, एकपटकको आर्थिक अनुदान, किरिया खर्च, विद्यालयलाई आर्थिक सहायता, दैवी प्रकोप सहायता र विभिन्न शिक्षा सहायता कार्यक्रमले भूपू गोर्खा सैनिक गम्भीर आर्थिक समस्याबाट मुक्त भएका छन् । गत आर्थिक वर्षमा पेन्सनका रूपमा मात्र भारतबाट नेपालमा रू. ३२ अर्ब ७५ करोड विप्रेषण भित्रिएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको करीब १ प्रतिशत हो भने कुल विप्रेषणको ४ प्रतिशत रकम हो । चाखलाग्दो कुरा केहो भने भारतबाट नेपालमा भित्रिने विप्रेषणको ७५ प्रतिशत रकम यसमै अटाउँछ । विश्व आर्थिक घटनाहरूले नेपाल भित्रिने अन्य विप्रेषणमा असर गरे पनि भारतबाट नेपालमा आउने यो रकम चिरकालीन हो जुन हरेक वर्ष बढ्दो क्रममा रहेको छ । भारतसँगको व्यापारघाटा कम गर्न पनि यो रकमले उत्तिकै भूमिका खेलेको छ । आफैले हुर्काएको सैन्य शीपलाई आफूविरुद्ध प्रयोग हुन नदिन पनि भारतले भूपू गोरखा सैनिकको अवकाशलगायत सुविधा व्यवस्थापनमा ध्यान दिएको कतिपयको बुझाइ छ । जस्तो विश्वयुद्ध लडेका सिपाहीहरू कांग्रेसबाट विद्रोह गरे जस्तो वा जनयुद्ध लडेकाहरूलाई विप्लवले आश्वासन दिए जस्तो नेपालमा बेलाबेला उत्कर्षमा पुग्ने भारतविरोधी भावनामा भारतीय गोरखा सैनिक नपरून् भन्ने पनि हुन सक्छ । सैनिकलाई मात्र नभएर भारतमा काम गर्ने सम्पूर्ण नेपाली श्रमिकलाई प्रदान गरेको सामाजिक सुरक्षा कार्यक्रमबाट मुख्य गरी जोखिमअनुसारको ज्याला प्रदान गर्नुपर्छ भन्ने सन्देश गएको छ भने सम्पूर्ण सेवासुविधा हेर्दा श्रमिकको जागीरे जीवनबाहेक वैयक्तिक र सामाजिक जीवनलाई पनि समान रूपले सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको छ । लेखक बीमासम्बन्धी अध्येता हुन् ।

कोभिड खोप : उत्तर प्रदेशका १८ वर्षमाथिका सबैले निःशुल्क पाउने

भारतको उत्तर प्रदेशका १८ वर्ष माथिका सबै नागरिकले कोरोनाविरुद्धको नि:शुल्क खोप पाउने भएका छन्। मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको उत्तर प्रदेशको मुख्य मन्त्री योगी आदित्यनाथले बताएका छन्।मुख्यमन्त्री योगीले भनेका छन,' कोरोनाले हार्छ, भारतले जित्छ।'  उत्तर प्रदेश सरकारले कोभिडविरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने योगीले जनाएका छन्। प्यारे प्रदेशवासियों,आज मंत्रिपरिषद की बैठक में यह निर्णय लिया गया है कि उत्तर प्रदेश में 18 वर्ष से अधिक आयु के सभी प्रदेशवासियों

नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति दिएको छ । त्यसपछि प्राधिकरणले भारतबाट खुल्ला रूपमा विद्युत् किन्न पाउने भएको हो । नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आवेदनको आधारमा सो मन्त्रालयले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो । भारतले प्राधिकरणलाई विद्युत् विक्रीका लागि अनुमति भने दिइसकेको छैन । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हाललाई भारतीय विद्युत् एक्सचेन्ज मार्केटबाट बिजुली किन्न मिल्नेगरी मात्र अनुमति पाएको बताए । तर, विद्युत् विक्री गर्ने अनुमति पनि पाउने प्रक्रियामा रहेको उनको भनाइ छ । अब प्राधिकरणले भारतको एक्सचेन्ज मार्केटबाट कुनै पनि कम्पनीको विद्युत् किन्न अर्थात् आयात गर्न सक्नेछ । हालसम्म प्राधिकरणले भारतको विभिन्न विद्युत् व्यापार कम्पनीसँग विद्युत् खरीद सम्झौता (पीपीए) गरेर विद्युत् आयात (खरीद) गर्दै आएको थियो । अब विद्युत् आयात गर्न कुनै पनि व्यापार कम्पनीसँग पीपीए गर्न पर्दैन, एक्सचेन्ज मार्केटमा सहभागी भएका कुनै पनि कम्पनीबाट सीधै विद्युत् किन्न सकिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । ‘अब विद्युत् आयात गर्न पहिलाको जस्तो पीपीए गर्न पर्दैन । एक्सचेन्ज मार्केटमा रहेको कुनै पनि कम्पनीबाट विद्युत् किन्न सकिन्छ,’ उनले भने, ‘हामीले जुन कम्पनीले सस्तोमा विद्युत् दिन्छ, त्यसमार्फत नै विद्युत् किन्न सक्छौं । यस व्यवस्थामा भोलि विद्युत् किन्नुपर्ने भएमा आज नै खरीद प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ यद्यपि, प्राधिकरणले अब पनि भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत विद्युत् किन्नुपर्ने छ । भारतले नेपालमा विद्युत् आयातनिर्यात गर्न एनभीभीएनलाई मोडेल एजेन्सी तोकेको छ, त्योअनुसार त्यही निकायमार्फत नै विद्युत् आयातनिर्यात हुनेछ । भारतको एक्सचेन्ज मार्केटमा विद्युत् विक्रीको स्वीकृति पाउने प्रक्रिया पनि अगाडि बढेको उनले बताए । ‘अहिले विद्युत् किन्न सक्नेगरी मात्रा भारतले एक्सचेन्ज मार्केटमा प्रवेश गर्न स्वीकृति दिएको छ । विक्री गर्नेगरी स्वीकृति दिन पनि थप कागजपत्र मागेको छ, जुन हामीले बुझाइसकेका छाैं,’ उनले भने, ‘अब आवश्यक प्रक्रिया पूरा भएपछि विद्युत् विक्रीका लागि पनि अनुमति पाउन सक्छौं ।’ केही समयअघि भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको थियो । त्यसअनुसार अब नेपाल र भारतबीच खुला रूपमा विद्युत् आयातनिर्यात गर्न सकिन्छ । सोहीअनुसार नै भारतले अहिले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो । भारतले प्राधिरकणलाई विद्युत् विक्री गर्न स्वीकृति दिनका लागि जुन कागजपत्र मागेको छ, सो कागजपत्र यही कार्यविधिको नम्सअनुसार मगाइएको प्राधिकरणको भनाइ छ । भारतले विद्युत् विक्री गर्न स्वीकृति दिएपछि प्राधिकरणले त्यहाँको एक्सचेन्ज मार्केटमा सीधै विद्युत् निर्यात गर्न सक्नेछ । आगामी वर्षात्मा नेपालमा खपत हुनेभन्दा बढी नै विद्युत् उत्पादन हुँदै छ । भारतबाट त्यस्तो स्वीकृति पाएमा प्राधिकरणले बढी हुने विद्युत् सीधै भारतमा विक्री गर्न सक्नेछ । वैशाखको अन्तिमसम्म माथिल्लो तामाकोशीको पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । साथै, अन्य आयोजनाहरू पनि सञ्चालनको तयारीमा छन् । त्यस्ता आयोजनाहरू सञ्चालनमा आए पनि वर्षात्मा नेपालमा विद्युत् उत्पादन बढी नै हुने प्राधिकरणको भनाइ छ ।