सरकारले यस वर्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू, स्वकीय सचिव र सवारी चालकलाई दिँदै आएको दसैँ भत्ता रोकेको छ । दसैँ भत्ता रोकिएपछि राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सरकारप्रति आक्रोश पोखेका छन् ।सरकारले सांसदमाथि असमान व्यवहार गरेको भन्दै बिडारीले आपत्ति प्रकट गरेका हुन् । ‘सांसद रामनारायण बिडारीलाई दसैँ भत्ता चाहिएर यो कुरा भनेको हैन, मेरो लागि त अरू बेला पाउने भत्ता पनि कटौती गरिदिए हुन्छ, बिडारी रातोपाटीसँग कुरा गर्दै भन्छन्, ‘मैले आम सांसदहरूको कुरा गरेको हुँ । स