काठमाडौं : नेकपा एमालेका सांसद् टोपबहादुर रायमाझी निलम्बित भएका छन्।शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझीको सांसद पद निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएका छन्।यसैगरि सभामुख घिमिरेले संसदमा उपस्थित नभएका सांसदहरुको विदा पनि स्वीकृत गराएका छन्। लगातार १० वा सोभन्दा कम बैठकमा अनुपस्थित १७ जना सांसदहरुको हाजिरी नभएको विवरण सुनाउँदै उनले विदा स्वीकृत गराएका हुन्।नेपाली कांग्रेसका सांसद विनोद चौधरी निजी कामको लागि विदेश भ्रमणमा गएको, राप्रपाका ज