विश्व बैंकको एक अर्ब लगानीमा ११ किमि सडक बन्ने

उदयपुर– विश्व बैंकको सहयोगमा उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका क्षेत्रमा करिब ११ किमि सडक निर्माण हुने भएको छ । विश्व बैंकको एक अर्ब रुपैयाँ लगानीमा नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाअन्तर्गत सडक निर्माण हुन लागेको हो । गाईघाट बजारस्थित पिपलबोटदेखि सिमलटारका साथै गाईघाट बजारका पुरानो टाउन प्लानिङले छोएका सडक निर्माण गर्न डीपीआर तयार गर्ने कार्य अन्तिम […]

सम्बन्धित सामग्री

६ वर्षमा १ हजार ३ सय किमि सडक स्तरोन्नति

म्याग्दी : गण्डकी प्रदेशमा विसं २०७४ देखि हालसम्मको ६ वर्षको अवधिमा १ हजार ३ सय किलोमिटर सडक स्तरोन्नति भएको छ।गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत रु. ६० अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको हो।मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाँले ५९९ किलोमिटर सडक ग्राभेल र ६६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए।सडक, मोटरेबल पुल, भवन र झोलुंगे पुल निर्माणका लागि ८३ अर्ब ५२ करोड नौ लाख ७१ ह

तालचोक–बेगनास सडकमा १ अर्ब ४९ करोड लगानी हुने

पोखराको तालचोक–बेगनास सडक–खण्डको ३.२८ किमि सडक निर्माणमा एक अर्ब ४९ करोड १५ लाख लगानी हुने भएको छ । तालचोक–बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको सडक निर्माण हुने पोखरा महानगरपालिकाले जनाएको छ । उक्त सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौंले पाएको पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए । उक्त कम्पनीले तोकिएको […]

बेनी–कोरला सडक: म्याद सकिएको तीन वर्षमा ७२ प्रतिशत प्रगति

गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला अन्तरदेशीय सडकको काम सुस्त छ । ०७६ मंसिरमा निर्माण सक्ने गरी ठेक्का लागेको सडकको माघ मसान्तसम्म ७२ प्रतिशत मात्र भौतिक प्रगति छ । ०७३ मंसिर १२ मा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना स्थापना भएर १ सय ८६ किमि लामो सडक ७ मिटर कालोपत्रसहित ११ मिटर चौडा बनाउन ७ अर्ब ३५ करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

मुगु—हुम्लामा सडक सुविस्ता

बेलायती सरकारबाट १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागत सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण—र्‍याप) अन्तर्गत ६७ किमि ‘मुगु हुम्ला लिंक रोड’ निर्माण सम्पन्न भएको छ ।

र्‍याप थ्रीद्वारा गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

सिमकोट – बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ। गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुरर शाहीको उपस्थितिमा हस्तान्तरण गरिएको हो। ६७ किमि लामो गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो। सडक निर्माणका लागि एक अर्ब ६६ करोड […]

कालोपत्र नटिक्दा बर्सेनि आठ अर्ब खेर जाँदै

– सातदोबाटो–लेले–टीकाभैरव सडकखण्ड अन्तर्गत चापागाउँमा लकडाउनअघि कालोपत्र गरियो । कोभिड–१९ को महामारीका कारण बीचमा राम्रोसँग सवारी साधन चलेनन् । तैपनि चैतसम्म आउँदा एक किमि सडक दूरीमा ३० भन्दा बढी खाल्डाखुल्डी छन् । अहिले खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम मात्र नभई धूवाँधूवाँले त्यस क्षेत्रका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।

३० किमि सडकका लागि १ अर्ब बढी बजेट

घोराही उपमहानगरपालिकाभित्र ३० किमि सडक निर्माणकार्य सुरु भएको छ । सडक निर्माणका लागि १ अर्ब ५ करोड ४९ लाख ४५ हजार रुपैयाँ खर्च हुने भएको छ ।

४ अर्ब लागतमा ९० किमि सडक कालोपत्रे गरिने

नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र थप ९० किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । उपमहानगरपालिकामा सञ्चालन गरिएका कार्यक्रम, योजना र विकासबारे जानकारी गराउँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले यस वर्ष ९० किमि सडक कालोपत्रको काम सुरु गरिएको बताएका छन् ।