ओलीले शिलान्यास गरेका २ खर्बका सडक : बनेनन् डीपीआर, भेटिएन ऋण दाता
१ चैत २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका प्रादेशिक एवम् स्थानीय तहको केन्द्र जोड्ने सडकहरूको डीपीआर त बनेको छैन नै, सडक बनाउनका लागि कुनै दातृ निकाय समेत तयार नभएकाले आयोजना अलपत्र छन् ।
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी […]
The post तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्रको शिलान्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्रे हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो ।खाल्सा क्षेत्रका तत्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो ।मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्या
नेपालगन्ज–गुलरिया चार लेन हुलाकी सडक स्तरोन्नति प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । कुल ३५ किलोमिटर लम्बाइ रहेको उक्त सडक स्तरोन्नति गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार शिलान्यास गरेका हुन् । सडक शिलान्यास कार्यक्रममा मन्त्री राईले […]
२८ साउन, वीरगञ्ज । मानमत–मटिअर्वा सडकखण्ड अन्र्तगत बाराको कलैयामा सडक तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले सडक तथा नाला निर्माण कार्र्यको शिलान्यास गरेका हुन् । कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अन्र्तगत पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक तथा नाला बनाउने कार्यको मन्त्री राईले शिलान्यास गरेको […]
लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । मध्यनेपाल–१, जिताबेसीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश भौतिक योजनामन्त्री कुमार खड्काले सडक शिलान्यास गरेका हुन् ।सडक शिलान्यासपछि औपचारिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले विकास र समृद्धिका लागि गण्डकी प्रदेश सरकार जनताको आधारभूत आवश्यकता पूरा गर्न लागिपरेको बताए । यसअघिको सरकारले केही सडकमा बजेट स्रोत […]
सल्यानको त्रिवेणी लुहाम–कालिमाटी रामपुर सडक शिलान्यास भएको २८ वर्षपछि सञ्चालनमा आएको छ । २०५० सालमा शिलान्यास गरिएको सडकको विभिन्न खण्डहरूको ट्रयाक ओपन गरिएपछि सञ्चालनमा आएको हो ।
जिल्लाको त्रिवेणी लुहामकाभ्रा हुँदै...
२६ भदौ, धनगढी । ७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको वीपीनगरमा बोगटान– सहजपुर सडक कालोपत्रे शिलान्यास गरेका थिए । त्यतिबेला ३० महिनाभित्र कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भए पनि ३३ महिना बितिसक्दा स्थानीय वासिन्दा अझै धुलाम्मे र हिलाम्मे सडकको यात्रा गर्न विवश छन् । डोटीको बोगटान र कैलालीको सहजपुर सँग जोड्ने […]
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन ।मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त देखिन्छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटर खण्ड कालोपत्रे भएको थियो तर एक वर्ष नबित्दै भत्किएपछि अहिले अलपत्र परेको हो । उक्त सडकको बाँकी खण्ड अझै धुले छ ।&lsqu
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।