काठमाण्डाै सर्वोच्च अदालतको ‘फुल कोर्ट’ अर्थात न्यायाधीशहरूको पूर्ण बैठक सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्चका २० जना न्यायायाधीशसहित पूर्ण बैठक बोलाएर कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल गर्नुभएको हो ।
आजको बैठकमा संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्ने गरी नियमावली संशोधन गर्ने निर्णय हुने अनुमान गरिए पनि नियमावली संशोधनको बारेमा कुनै निर्णय भएको छैन । प्रतिनिधि सभा विघटनका मुद्दामा वरिष्ठताका आध...