जलवायु परिवर्तनबारे १५ बुँदे घोषणापत्र जारी

महेन्द्रनगर । जलवायु परिवर्तन, विपद् जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि साझा कञ्चनपुर घोषणापत्र जारी गरिएको हो । महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणसहित यहाँ आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखले हस्ताक्षर गरेका छन् । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए । रासस

सम्बन्धित सामग्री

जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी

काठमाडौँ– भारतको नयाँ दिल्लीमा हिजो सुरु भएको जी–२० को १८औँ शिखर सम्मेलनले ‘नयाँदिल्ली लिडर्स घोषणापत्र’ सार्वजनिक गरेको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणा गर्नुका साथै युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र तयार भएको छ । घोषणापत्रमा युक्रेनले भोग्नु परेको पीडाप्रति सहानुभूति दर्शाउने तर, रुसको आलोचना नगर्ने नीति अख्तियार […]

गैंडा संरक्षण घोषणापत्र जारी गर्दै सकियो अन्तरराष्ट्रिय छलफल

चितवन । ‘एशियाली गैंडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३’ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनको पटिहानीमा माघ २० गतेदेखि सञ्चालन गरेको अन्तरराष्ट्रिय छलफलमा गैंडा संरक्षणमा देखिएका समस्याको समाधान खोजी गरिएको थियो । गैंडाको संख्या र वासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा जोड दिने निर्णय गर्दै अन्तरराष्ट्रिय छलफल सम्पन्न गरिएको हो । विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार गैंडा पाइने एशियाली राष्ट्रको ६ ओटा विषयगत क्षेत्रमा छलफल भएको थियो । सन् २०१९ मा भारतमा सम्पन्न दोस्रो बैठकले जारी गरेको ‘एशियाली गैंडाका लागि नयाँदिल्ली घोषणापत्र २०१९’को पुनरवलोकनसमेत गरिएको उनले जानकारी दिए । बैठकमा गैंडा संरक्षणको अवस्थासम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैंडा संरक्षणका लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायु परिवर्तन तथा गैंडा संरक्षण, गैंडा संरक्षणमा अन्तरराष्ट्रिय संघसंस्थाको सहयोग लगायत विषयमा छलफल भएको थियो । यस्तै गैंडाको वासस्थानको स्थलगत अवलोकनसमेत गरिएको थियो । पछिल्लो समय गैंडा संरक्षणमा देखिएका चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय मुख्य रूपमा उठान भएको उनले बताए । बैठकमा भुटान, भारत, इण्डोनेसिया, मलेसिया र नेपालबाट आ–आफ्नो देशको अनुभव, प्रविधि, साझा सवाल तथा भावी योजना जस्ता विषयमा प्रस्तुतिसहित छलफल गरिएको थियो । बैठकमा गैंडा संरक्षणका लागि सहकार्य गरी गर्नुपर्ने कार्य, भावी प्राथमिकताका क्षेत्र, गैंडाको चोरी शिकार तथा तिनका अंगको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट बासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार जस्ता विषयमा छलफल भएको कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै गैंडाको व्यवस्थापन, गैंडा–मानव द्वन्द्व व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो । रासस

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उहाँहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङपाल …

जलवायु परिवर्तनलाई सम्बोधन गर्न ४० महिलाले ल्याए कालापत्थर घोषणापत्र

काठमाडौँ- सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका ४० महिलाहरुको समूहले नारी दिवसकै अवसरमा १० बुँदे  घोषणापत्र जारी गरेको छ। ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा कालापत्थरमा जलवायु परिवर्तनका विषयमा सम्बोधन गर्न कालापत्थर घोषणापत्र जारी गरिएको हो। जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला […]

जलवायु परिवर्तनबारे ‘कालापत्थर घोषणा’

सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा क्षेत्रको कालापत्थरबाट १० बुँदे घोषणापत्र जारी गरिएको छ।विभिन्न क्षेत्रका ४० महिलाको समूहले काठमाडौँबाट अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र जारी गरेको हो।घोषणा पत्रमा जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका, जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने,  मानव स्वास्थ्य प्रणालीको दिगो