सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा क्षेत्रको कालापत्थरबाट १० बुँदे घोषणापत्र जारी गरिएको छ।विभिन्न क्षेत्रका ४० महिलाको समूहले काठमाडौँबाट अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र जारी गरेको हो।घोषणा पत्रमा जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका, जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, मानव स्वास्थ्य प्रणालीको दिगो