गैंडा संरक्षण घोषणापत्र जारी गर्दै सकियो अन्तरराष्ट्रिय छलफल

चितवन । ‘एशियाली गैंडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३’ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनको पटिहानीमा माघ २० गतेदेखि सञ्चालन गरेको अन्तरराष्ट्रिय छलफलमा गैंडा संरक्षणमा देखिएका समस्याको समाधान खोजी गरिएको थियो । गैंडाको संख्या र वासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा जोड दिने निर्णय गर्दै अन्तरराष्ट्रिय छलफल सम्पन्न गरिएको हो । विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार गैंडा पाइने एशियाली राष्ट्रको ६ ओटा विषयगत क्षेत्रमा छलफल भएको थियो । सन् २०१९ मा भारतमा सम्पन्न दोस्रो बैठकले जारी गरेको ‘एशियाली गैंडाका लागि नयाँदिल्ली घोषणापत्र २०१९’को पुनरवलोकनसमेत गरिएको उनले जानकारी दिए । बैठकमा गैंडा संरक्षणको अवस्थासम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैंडा संरक्षणका लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायु परिवर्तन तथा गैंडा संरक्षण, गैंडा संरक्षणमा अन्तरराष्ट्रिय संघसंस्थाको सहयोग लगायत विषयमा छलफल भएको थियो । यस्तै गैंडाको वासस्थानको स्थलगत अवलोकनसमेत गरिएको थियो । पछिल्लो समय गैंडा संरक्षणमा देखिएका चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय मुख्य रूपमा उठान भएको उनले बताए । बैठकमा भुटान, भारत, इण्डोनेसिया, मलेसिया र नेपालबाट आ–आफ्नो देशको अनुभव, प्रविधि, साझा सवाल तथा भावी योजना जस्ता विषयमा प्रस्तुतिसहित छलफल गरिएको थियो । बैठकमा गैंडा संरक्षणका लागि सहकार्य गरी गर्नुपर्ने कार्य, भावी प्राथमिकताका क्षेत्र, गैंडाको चोरी शिकार तथा तिनका अंगको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट बासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार जस्ता विषयमा छलफल भएको कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै गैंडाको व्यवस्थापन, गैंडा–मानव द्वन्द्व व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो । रासस

सम्बन्धित सामग्री

पोखरा घोषणापत्र जारी गर्दै सकियो ‘मेट्रो मेयर मिट’, आज सार्वजनिक गरिने

पोखरा - पोखरा घोषणापत्र जारी गर्दै ‘मेट्रो मेयर मिट’ सकिएको छ । देशभरका ६ महानगरका मेयर, उपमेयर सहभागी सम्मेलनमा महानगर सञ्चालनका अड्चन र समाधानका उपायबारे छलफल भएको हो ।  पोखरा घोषणापत्रका बुँदाहरू मस्यौदाका रूपमा तयार भएकोले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पोखरा महानगरका मेयर धन...

पोखरा घोषणापत्र जारी गर्दै सकियो ‘मेट्रो मेयर मिट’, आज सार्वजनिक गरिने

पोखरा - पोखरा घोषणापत्र जारी गर्दै ‘मेट्रो मेयर मिट’ सकिएको छ । देशभरका ६ महानगरका मेयर, उपमेयर सहभागी सम्मेलनमा महानगर सञ्चालनका अड्चन र समाधानका उपायबारे छलफल भएको हो ।  पोखरा घोषणापत्रका बुँदाहरू मस्यौदाका रूपमा तयार भएकोले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पोखरा महानगरका मेयर धन...