भारतको अयोध्यामा विवादास्पद राम मन्दिर निर्माण गर्न जग्गा किन्दा घोटाला भएको आरोप लागेको छ। समाजवादी पार्टीका नेता एवम् पूर्व विधायक तेजनारायण पाण्डे उर्फ पवनले दुई करोड भारतीय रुपैयाँको जग्गाको मूल्य केही मिनेटमै १८ करोड ५० लाख भारतीय रुपैयाँ पुर्याइएको आरोप लगाएका हुन्। अयोध्या : रक्तपातपूर्ण इतिहास, विवादको भुमरीमा परेको धार्मिकस्थलराम जन्मभूमि ट्रष्टका सचिव चम्पत रायले यो आरोप झुटो एवम् राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै श्रीरामजन्मभूमि ती