चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउनेबारे वाग्मती प्रदेश सरकारले चासो लिएको छ ।
यस विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको छ ।
छलफलका क्रममा राम मन्दिरको वास्तुकलाको बारेमा प्रस्तुति पनि भएको छ । प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन । जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषयमा आवश्यक अनुसन्धानलाई ...