बंगलादेशी मूलकी अन्तर्राष्ट्रिय लेखिका तस्लीमा नसरीनले राम मन्दिर निर्माणका विषयमा दिएको बयान चर्चित बनेको छ ।
उनले ट्विटरमा लेखिन्, ‘अयोध्यामा राम मन्दिर बनाउन कैयौं मुसलमानले विश्व हिन्दू परिषद्को अभियानमा दान दिइरहेका छन् । मुसलमानहरू मन्दिरका लागि धन जुटाउन अग्रसर हुनुपर्छ । मुसलमानले दान दिँदा हिन्दू–मुस्लिम सद्भाव बलियो बन्छ ।’
तस्लीमाको बयानको कसैले प्रशंसा गरेका छन् भने कसैले मुसलमानहरूसँग पैसा उठाउनु गलत भएको बताएका छन् ।
यसअघि तस्लीमाले भारतका अधिकांश हिन्दूहरू राम...