३१ वर्षको पर्खाइपछि बल्ल सडकः स्थानीयवासी खुशी

प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन ।

सम्बन्धित सामग्री

सडक सञ्जालले जोडियो रसुवाको नागुङगाउँ

मंसिर १९, रसुवा । जिल्ला सदरमुकाम नजिकै रहेपनि भौगोलिक विकट रहेको नागुङगाउँ सडक सञ्जाल जोडिएको छ । लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाइँकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो । शनिवार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यकर्ता चढेको सरकारी सवारी साधन नागुङगाउँमा पुग्दा स्थानीयवासीले स्वागत गरेका थिए ।  सो अवसरमा गाउँपालिका प्रमुख तामाङले जनताको चाहना र आवश्यक्तालाई दृष्टिगत गरी कृषि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र सडकका बीच भागमा पर्ने खोलाको पुल एवम् नाली निर्माणलगायत कालोपत्र गर्ने काम बाँकी भएकाले थप व्यवस्थापनका लागि आफूले सहयोग गर्दै जाने बताए । सदरमुकामबाट तीन घण्टा पैदलयात्रा गर्नुपर्ने नागुङगाउँमा मोटरबाटो निर्माणपश्चात अब २० मिनेटमा पुगिने जानकारी दिइएको छ । स्थानीयवासी छिरिङसाङ्वो तामाङनले नागुङगाउँ सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गरे ।  धुञ्चेबाट चार किलोमिटरको छोटो दूरी रहे पनि उकाली, ओराली र भिरपहरा भएका कारण पैदलयात्रासमेत निकै कठिन थियो । गोसाइँकुण्ड गाउँपालिकाको रू. ५० लाख अनुदान र स्थानीय बासिन्दाको रू. चार लाख बराबर जनश्रमदानबाट निर्माण भएको सो कृषि सडकबाट ५० घर परिवारलाई यातायातको सुविधा पुगेको बताइन्छ । लक्षित कार्ययोजना अनुरूप सो सडकमा गाउँपालिकाले गत वर्षबाटै केही लगानी गरी यस वर्ष पूरा गराएको हो । दश वर्ष अगाडिबाट निर्माण शुरू भएको प्रयास बल्ल पूरा भएको नागुङवासीले जानकारी दिएका छन् । सडक निर्माणबाट कृषि उपज बजारमा पुर्‍याउन, विकास निर्माण एवम् खाद्यान्न सामग्री ढुवानी गराउन र बिरामी पर्दा एम्बुलेन्स झिकाउन अत्यन्तै सहज समेत भएको उनीहरुले बताएका छन् । अगामी दिनमा सडक मर्मतसम्भारलाई विशेष ध्यान दिइने स्थानीयवासी ग्यालदोर्जे तामाङले बताए । रासस

नारीदाङदेखि धनगढीसम्म बस सेवा शुरु

वर्षौँपछि दिपायल सिलगढी वडा नं ८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा तराई जानका लागि सास्ती खेप्दै आएका यहाँका नागरिक अब घरबाट नै गाडी चढ्न पाउने भएपछि खुशी छन् ।     कच्ची सडक निर्माण गरिएको लामो समय भइसक्दा समेत गाडी सञ्चालन नभएका कारण सो क्षेत्रका नागरिक जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलसम्म जानका लागि घण्टौँ पैदलयात्रा गर्न बाध्य हुँदै आएका थिए ।      स्थानीयवासी केपी माझीले भन्नुभयो,“कच्ची सडक निर्माण भएको कम्तीमा पनि दश वर्ष भएको थियो, गाडी नचल्दा घरैमा सडक भए पनि यहाँका नागरिक पैदलयात्रा गर्न बाध्य थिए, बल्ल गाडी चल्न शुरु भयो, अब सबैलाई सहज हुने छ ।”          शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्त रुपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गत शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्मका लागि यातायात सेवा शुरु गरेका हुन् । शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले सडक पुगे पनि यातायात नपुगेको र नागरिकलाई यातायातको समस्या हुन थालेपछि आफूहरुले बससेवा सञ्चालन गरेको जनाउँदै सबैले सहयोग गरे बस सेवा निरन्तर सञ्चालन हुने बताउनुभयो । गाउँमा बससेवा सञ्चालन भएपछि नागरिकलाई अब दिपायल तथा सिलगढीसम्मको यात्रा कम्तीमा पनि एक घण्टाको हुने र सामग्री ल्याउन सहज हुने दिपायल सिलगढी–८ वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

३१ वर्षको पर्खाइपछि बल्ल सडकः स्थानीयवासी खुशी

प्युठान । प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन । आर्थिक वर्ष २०७५/०७६ र आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५/७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । त्यस्तै आव २०७६/७७ मा पहिरो व्यवस्थापन,