प्युठान । प्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन । आर्थिक वर्ष २०७५/०७६ र आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५/७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । त्यस्तै आव २०७६/७७ मा पहिरो व्यवस्थापन,